Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालय छोड्न श्रीलंकाका प्रदर्शनकारी तयार

राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालय छोड्न श्रीलंकाका प्रदर्शनकारी तयार

  • बिहिवार, आषाढ ३० २०७९

  • 835
    SHARES

  • राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालय छोड्न श्रीलंकाका प्रदर्शनकारी तयार
    काठमाडौं । श्रीलंकाको राष्ट्रपति, प्रधानमन्त्रीलगायतका सरकारी निवास प्रदर्शनकारीहरूले छाड्ने भएका छन्। 
     
    बिहीबार पत्रकार सम्मेलन गर्दै आफूहरूले राष्ट्रपति निवास, प्रधानमन्त्री रनिल विक्रमासिंघेको आवास, प्रधानमन्त्री कार्यालय छाड्ने घोषणा गरेका हुन्। 
     
    उनीहरूले शान्तिपूर्ण प्रदर्शनलाई भने नरोक्ने बताएका छन्। सङ्घर्षलाई निरन्तरता दिन उनीहरूले पुरानो संसद् भवन र गाल्ले फेस ग्रिन पार्क नछाड्ने बताएका छन्।
     
    आफ्ना मागहरू पूरा नभएसम्म शान्तिपूर्ण तरिकाले प्रदर्शन जारी नै राख्ने उनीहरूले बताएका छन्। यता सरकारले कोलोम्बोमा आज दिउँसो १२ बजेदेखि भोलि बिहानसम्म कर्फ्यु जारी गरेको छ।
     
    पछिल्ला केही महिनायता श्रीलङ्कामा आर्थिक सङ्कट छ। नेताहरूले त्यस संकटबाट देशलाई उकास्न नसकेको भन्दै आजित भएका जनताले प्रदर्शन गरेका थिए। 
     
    प्रदर्शनमा उत्रेका जनताले गत शनिबार राष्ट्रपति भवन कब्जा गरेका थिए। उनीहरूले कब्जा गर्नुअघि नै राष्ट्रपति राजापाक्षे त्यहाँबाट भागिसकेका थिए। अहिले उनी माल्दिभ्समा छन्। उनी सैनिक जेटबाट त्यहाँ पुगेका हुन्। उनी त्यहाँबाट पनि सिंगापुर जाने तयारीमा थिए। 
     
     
    यस्तै शनिबार नै प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको भवन पनि कब्जा गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको भवनमा उनीहरूले तोडफोड र आगजनी गरेका थिए। 
     
    अहिले श्रीलङ्कामा प्रधानमन्त्री विक्रमासिंघे कार्यवाहक राष्ट्रपति छन्। राजापाक्षेले देश छाडेर भागेपछि उनले संकटकालको घोषणा गरेका छन्।


    बिहिवार, आषाढ ३० २०७९०२:१७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij