Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उपेन्द्रले आफ्नो हाराहारीको व्यक्तित्वलाई पार्टीमा देखिसहदैनन् : अनिल झा

उपेन्द्रले आफ्नो हाराहारीको व्यक्तित्वलाई पार्टीमा देखिसहदैनन् : अनिल झा

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 806
    SHARES

  • उपेन्द्रले आफ्नो हाराहारीको व्यक्तित्वलाई पार्टीमा देखिसहदैनन् : अनिल झा

    काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता अनिलकुमार झाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफ्नो हाराहारीको व्यक्तित्वलाई पार्टीमा देखिनसहने नेता भएको आरोप लगाउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाले भन्नुुभयो, “उपेन्द्रजी आफ्नो हाराहारीको व्यक्तित्वलाई पार्टीमा देखिसहनुहुन्न । त्यसैले उहाँको प्रतिस्पर्धी अटाउन गाह्रो छ । अहिले बाबुराम भट्टराईदेखि रेणु यादवसम्मले त्यो कुरा महसुस गरिरहनुभएको छ भने लोसपामा स्वागत गछौं ।”

    आगामी संघ र प्रदेशको निर्वाचनमा जसपा कमजोर हुने र लोसपाको शक्ति पुनः आर्जन हुने पनि नेता झाले दाबी गर्नुभएको छ । लोसपा नेता झाले देशका कतिपय नेताहरुले मधेसीलाई करदाता र मतदाता मात्र ठानिरहेको आरोप पनि लगाउनुभयो ।

    नेकपा एमालेका नेता भीम रावलले त नागरिकता विधेयकको विरोध गरिरहनुभएको छ नि भन्ने प्रश्नमा झाले भन्नुुभयो, “भीम रावलको राष्ट्रवादबारे मेरो कुनै टिकाटिप्पणी छैन । बुहारीहरुले माइती देशका लागि जासुसी गर्दैनन् । चन्द्र सूर्य रहुन्जेल नेपाल रहन्छ । देश बेच्ने काम बुहारीहरुले होइन ठूलाबडाले नै गर्छन् ।”

    अर्को प्रसंगमा लोसपा नेता झाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको भ्रमणमा जानु सकारात्मक भएको टिप्पणी गर्नुभयो। संस्कृतका किताबमा आगो बाल्ने प्रचण्ड भारतीय जनता पार्टीको निम्तोमा जानु राम्रो कुरा हो नेता झाको भनाई छ ।

     


    शुक्रवार, आषाढ ३१ २०७९०९:४३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij