Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अश्वेत युवकमाथि प्रहरीद्वारा ४६ वटा गोली प्रहार भएको खुलासा 

अश्वेत युवकमाथि प्रहरीद्वारा ४६ वटा गोली प्रहार भएको खुलासा 

  • शनिवार, आषाढ ३२ २०७९

  • 615
    SHARES

  • अश्वेत युवकमाथि प्रहरीद्वारा ४६ वटा गोली प्रहार भएको खुलासा 
    काठमाडौं । अमेरिकाको ओहायो प्रहरीले गत महिना हत्या गरेका २५ वर्षीय अश्वेत युवकको शरीरमा ४६ वटा गोलीको र बाहिरी चोट भेटिएको पोस्टमार्टम रिपोर्टले देखिएको छ । 
     
    स्वास्थ्य परीक्षकले जेयल्याण्ड वाकरको मृत्यु कुन गोली लागेर भयो वा कति वटा गोली प्रहार भयो भन्ने यकिन भन्न सक्ने अवस्था नरहेको बताएका हुन् ।
     
    उनका अनुसार गत जुन २७ मा भएको गोली काण्डमा वाकरको मुटु, फोक्सोलगायत शरीरका भागमा गम्भीर चोट देखिएको थियो । ट्राफिक स्टपमा गाडी नरोकेको सामान्य घटनाबाट सुरु भएको विवाद अन्त्यमा गएर गोली प्रहारको स्थितिमा पुगेको थियो । वाकरले पनि एकपटक गोली प्रहार गरेको प्रहरीको दाबी छ । 
     
    भिडियोमा वाकर गाडीबाट भाग्दै गरेको र पार्किङ लटमा पुगेपछि प्रहरीले अन्धाधुन्ध गोली चलाएको देखीएको छ । प्रहरीले के कारणले वाकरमाथि यति धेरै गोली चलाए भनेर भिडियो स्पष्ट देख्न सकिँदैन । प्रहरीले उनको गाडीमा लोड नगरेको एउटा बन्दुक पनि फेला पारेको छ ।
     
    वाकरको मृत्युलाई लिएर एकरोन सहरमा दिनहुँ प्रदर्शन भइरहेका छन् । अधिकारीहरूले शुक्रबार राति कर्फ्यु नै घोषणा गरेका थिए । घटनामा संलग्न आठ जना प्रहरी अधिकारीहरूमाथि अनुसन्धान भइरहेको छ र उनीहरू हाल तलबी बिदामा रहेका छन् । आठ अधिकारीमध्ये सात जना श्वेत र एक जना अश्वेत रहेका छन् ।


    शनिवार, आषाढ ३२ २०७९०२:२४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij