Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जितका लागी नामिबियाले दियो नेपाललाई २०० रनको लक्ष्य

जितका लागी नामिबियाले दियो नेपाललाई २०० रनको लक्ष्य

  • शनिवार, आषाढ ३२ २०७९

  • 723
    SHARES

  • जितका लागी नामिबियाले दियो नेपाललाई २०० रनको लक्ष्य

    काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाले नेपाललाई जितका लागि २०० रनको लक्ष्य दिएको छ ।

    स्कटल्याण्डको एयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो ।

    नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले ।

    यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे ।

    जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए ।

    सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिए ।


    शनिवार, आषाढ ३२ २०७९०७:१९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij