Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

कार्गो जहाज बारीमा खस्यो, ८ जनाको मृत्यु

कार्गो जहाज बारीमा खस्यो, ८ जनाको मृत्यु

  • आइतवार, श्रावण १ २०७९

  • 912
    SHARES

  • कार्गो जहाज बारीमा खस्यो, ८ जनाको मृत्यु
    काठमाडौं । ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना हुँदा पाइलटसहित ८ जनाको मृत्यु भएको छ।
     
    समाचार संस्था रोयटर्सका अनुसार सर्वियाबाट जोर्डन गइरहेको उक्त एएन-१२ जहाज शनिबार साँझ उत्तरी ग्रिसको एउटा गाउँमा दुर्घटनामा परेको हो। मकैबारीमा खस्नुभन्दा अघि जहाजमा आगोको मुस्लो देखिएको थियो।
     
    जहाजको इन्जिनमा समस्या देखिएपछि पाइलट आपतकालीन अवतरणका लागि खबर गरेका थिए तर केहीबेर जहाजको सम्पर्क टुट्यो।  
     
    हतियारसहित अति संवेदनशील सामान बोकेको जहाजमा केही बेरपछि विस्फोट भएको थियो।
     
    जहाजले उक्त सामान बङ्गलादेश ल्याउन लागेको अलजजिराले जनाएको छ।
     


    आइतवार, श्रावण १ २०७९०४:०१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij