Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बिहानैदेखि देशका विभिन्न क्षेत्रमा वर्षा

बिहानैदेखि देशका विभिन्न क्षेत्रमा वर्षा

  • सोमवार, श्रावण २ २०७९

  • 783
    SHARES

  • बिहानैदेखि देशका विभिन्न क्षेत्रमा वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको विभागले जनाएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

    सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। राति सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

    पहाडी भू–भागका थोरै स्थानहरुमा र अन्य भू–भागका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आगामी २४ घण्टा पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ।

    साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन–यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागको अनुरोध छ।


    सोमवार, श्रावण २ २०७९०६:२४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij