Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको उम्मेदवारमा ट्रम्पलाई नै अघि सार्ने रिपब्लिकन पार्टीको निर्णय

राष्ट्रपतिको उम्मेदवारमा ट्रम्पलाई नै अघि सार्ने रिपब्लिकन पार्टीको निर्णय

  • मंगलवार, भाद्र ९ २०७७

  • 1.1K
    SHARES

  • राष्ट्रपतिको उम्मेदवारमा ट्रम्पलाई नै अघि सार्ने रिपब्लिकन पार्टीको निर्णय

    एजेन्सी । अमेरिकामा आगामि नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई रिपब्लिकन पार्टीले औपचारिकता दिने भएको छ । रिपब्लिकन पार्टीको चार दिने भेलाले ट्रम्पको उम्मेदवारीलाई औपाचारिकता दिने भएको हो ।

    रिपब्लिकन पार्टीको यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वको रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुका अनुसार पछिल्लोपटक गरिएका राष्ट्रव्यापी र राज्यस्तरका चुनावी मतसर्वेक्षणले राष्ट्रपतिलाई डेमोक्रेटिक पार्टीका उम्मेदवार जोए बिडेनको तुलनामा कमजोर स्थितिमा देखाएका छन् ।

    यसैबीच, अमेरिकामा एकै दिन ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वल्र्डोमिटर्सका अनुसार अमेरिकामा शनिबारदेखि सोमबारसम्म संक्रमितको संख्यामा केही कमी देखिए पनि मंगलबार फेरि संक्रमित बढेका छन् ।

     


    मंगलवार, भाद्र ९ २०७७०१:२२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij