Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

भारतमा आज राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

भारतमा आज राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

  • सोमवार, श्रावण २ २०७९

  • 1.1K
    SHARES

  • भारतमा आज  राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

    काठमाडौं । भारतमा आज राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ। भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो।

    निर्वाचनका लागि भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। ​ ​ मुर्मु झारखण्डको पूर्वराज्यपालसमेत हुन्।

    चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने छिन्। आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुने छ।

    यस्तै उपराष्ट्रपतिका लागि विपक्षी कांग्रेसले मार्गरेट अल्वालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएको छ भने सत्तारुढ भाजपाले जगदीप धनखडलाई उम्मेदवार बनाएको छ।

    राष्ट्रपति चयनका लागि एक सांसदको मतभार सात सय हुने संवैधानिक व्यवस्था रहेको छ। मतदाता अन्तर्गत पर्ने व्यक्ति निलम्बित भएको वा कारागारमा छ भने उनीहरूलाई प्रक्रिया पुरा गरेर मतदान गर्न पाइने व्यवस्था छ।

    राष्ट्रपति निर्वाचनका लागि चार हजार ८०९ ‘इलेक्ट्रोरल’ मत रहेको र उनीहरूलाई कुनै राजनीतिक दलले ‘ह्विप’ जारी गर्न नसक्ने पनि त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

     


    सोमवार, श्रावण २ २०७९०८:२६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij