Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

स्पेनमा तातो हावाले ६ सय ७९ जनाको मृत्यु

स्पेनमा तातो हावाले ६ सय ७९ जनाको मृत्यु

  • बिहिवार, श्रावण ५ २०७९

  • 489
    SHARES

  • स्पेनमा तातो हावाले ६ सय ७९ जनाको मृत्यु

    एजेन्सी। स्पेनमा पछिल्लो एक सातायता तातो हावाका कारण जनजीवन प्रभावित बनेको छ। बढ्दो गर्मीसँगै तातो हावाका कारण एक साताको अविधमा त्यहाँ ६७९ जनाको मृत्यु भएको छ।

    स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार जुलाई १० देखि १७ सम्ममा ६७९ जनाको मृत्यु भएको हो।

    स्वास्थ्य मन्त्रालयकाअनुसार जुलाई १७ मा मात्र एकै दिन १६९ जनाको तातो हावाबाट मृत्यु भएको थियो। यहाँको एक स्वास्थ्य संस्थाले गरेको अनुसन्धानबाट तातो हावाबाट सबैभन्दा धेरै ज्येष्ठ नागरिकहरुको मृत्यु भएको छ।

    सो संस्थाले गरेको अनुसन्धानबाट यहाँ बुधबारसम्म ज्यान गएका ६७९ मध्ये ४३० जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका देखिएको छ।

    देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ र गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन।
    स्वास्थ्य अधिकारीहरुले गर्मी अझै बढ्ने अनुमान गरिएको जनाएका छन्। उनीहरुका अनुसार तातो हावाबाट ज्यान जानेको संख्या थप बढ्न पनि सक्ने सभ्भावना रहेको छ।



    बिहिवार, श्रावण ५ २०७९०१:३०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij