Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसद्‍मा उठ्यो निर्वाचन आयोगको अनियमितताबारे प्रश्न, ५ सय ८१ वटा ल्यापटप खोइ ?

संसद्‍मा उठ्यो निर्वाचन आयोगको अनियमितताबारे प्रश्न, ५ सय ८१ वटा ल्यापटप खोइ ?

  • बिहिवार, श्रावण ५ २०७९

  • 713
    SHARES

  • संसद्‍मा उठ्यो निर्वाचन आयोगको अनियमितताबारे प्रश्न, ५ सय ८१ वटा ल्यापटप खोइ ?
    काठमाडौं । निर्वाचन आयोगले गरेको अनियमितताको विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ । 
     
    बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद मिना सुब्बाले आयोगले ल्यापटप तथा छपाई मेसिन खरिद गरेर कामै नगरी अलपत्र पारेको विषय उठाउनुभएको हो ।  
     
    पछिल्लो समय चौतर्फी आर्थिक अनियमितता भइरहेको बताउँदै सांसद सुब्बाले निर्वाचन आयोगले किनेको करोडौँको सामान प्रयोगविहीन भएको जानकारी गराउनुभयो । 
     
    महालेखा परीक्षकको कार्यालयका अनुसार निर्वाचन आयोगले किनेको ५ सय ८१ वटा ल्यापटप अहिले प्रयोगविहीन अवस्थामा रहेको उहाँले बताउनुभयो । 
     
    सांसद सुब्बाले भन्नुभयो, ‘आयोगले खरिद गरेको ६ सय ५९ वटा ल्यापटपको मूल्य खुलाइएको छैन । मूल्य नखुलाएको मध्ये ५ सय ८१ वटा थन्काइएको छ । आयोगले २०७४ सालमा १० करोड ४० लाख डिजिटल कलर प्रिन्टर किनेको थियो । साथै ११ करोड २८ लाखमा किनेको प्रिन्टरसहित कुल २१ करोड ८३ लाख ४० हजारमा अत्याधुनिक छपाई मेसिन खरिद गरिएको थियो ।
     
    ती सबै हाल प्रयोगविहीन अवस्थामा छन् ।’ सो को छानबिन गर्न सांसद सुब्बाले माग गर्नुभएको छ । 


    बिहिवार, श्रावण ५ २०७९०३:२०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij