Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हामी बामगठबन्धनको पक्षमा छौँ तर एमालेले व्यवहार र गल्ती स्विकार गर्नुपर्छ : गिरिराजमणि पोखरेल

हामी बामगठबन्धनको पक्षमा छौँ तर एमालेले व्यवहार र गल्ती स्विकार गर्नुपर्छ : गिरिराजमणि पोखरेल

  • सोमवार, श्रावण ९ २०७९

  • 770
    SHARES

  • हामी बामगठबन्धनको पक्षमा छौँ तर एमालेले व्यवहार र गल्ती स्विकार गर्नुपर्छ : गिरिराजमणि पोखरेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बामगठबन्धनकै पक्षमा रहेको बताउनुभएको छ । तर नेकपा एमालेसहितको बामगठबन्धन बन्छ की बन्दैन भन्ने कुरा एमालेका निर्णय, स्विकारोक्ती र व्यवहारमा भर पर्ने पूर्वमन्त्री समेत रहनुभएका पोखरेलले बताउनुभयो ।

    यस्तै नेता पोखरेलले अहिले नेपालको आवश्यकताको दृष्टिकोणले बामपन्थीहरुको एकता हुनु राम्रो पक्ष रहेको पनि स्पष्ट पार्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भन्नुभयो, ‘हिजो जे कारणले नेकपा बन्यो, जे कारणले विभाजित भयो, जुन तरिकाले केपी ओलीले पार्टी, सरकार चलाउनुभयो । बिचमा पार्टी एकता जोगाउन सकिएन त भन्नुभएको सुनियो तर नेकपालाई बचाउन नसक्नुमा कस्को गल्ती थियो भन्ने कोणबाट स्विकारोक्तीहरु आएका छैनन्, संसद विघटन दुई–दुईपटक भयो स्विकारोक्ती आएका छैनन् ।’

    साँझा कार्यक्रम बनाएर बामपन्थीहरु मिलेर जाने कुरामा सकारात्मक भए पनि अहिलेको अवस्थामा यो सम्भव नदेखिएको नेता पोखरेलको भनाइ छ । यस्तै नेता पोखरेलले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले एकताको जस्तो सन्देश दिनुपर्ने हो त्यस्तो नगरेर आफूहरु बलियो भएको स्थानमा अरुसँग मिलेर हराएको आरोप लगाउनुभयो ।

    स्थानीय निर्वाचनको अवस्था हेर्दा आगामी दिनमा तालमेल रहिरहने भन्ने अहिले नै ध्रुविकरण भइनसकेको बताउँदै उहाँले यतिबेला सबै छलफल कै क्रममा रहेको बताउनुभयो ।

    नेपाली कांग्रेससहितको गठबन्धन गरेर अगाडि जाने कुरा उठिरहदा कांग्रेसभित्र पनि फरक–फरक विचार र समूह भएकाले त्यस्ता पक्षलाई व्यवस्थापन गर्नुपर्ने देखिएको बताउँदै नेता पोखरेलले अहिलेको पाँचदलीय दलभित्र बढि दल भएका हुन् की भन्ने देखिएकाले नयाँ ढंगले सोच्नुपर्ने संकेत नेता पोखरेलले गर्नुभयो ।


    सोमवार, श्रावण ९ २०७९०७:२९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij