Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको जिकिर : मलाई चुनाव हराएर जनताले पछुतो माने 

ओलीको जिकिर : मलाई चुनाव हराएर जनताले पछुतो माने 

  • बिहिवार, श्रावण १२ २०७९

  • 939
    SHARES

  • ओलीको जिकिर : मलाई चुनाव हराएर जनताले पछुतो माने 
    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेको जिकिर गर्नुभएको छ । 

    पार्टीको दमक नगर कमिटी कार्यालयमा बिहीबार अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले २०६४ को निर्वाचनको सन्दर्भ उठाउनुभएको हो । 

    त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेको अध्यक्ष ओलीको तर्क थियो । यस्तो प्रवृत्ति स्थानीय निर्वाचनमा पनि देखिएको उल्लेख गर्दै उनले भने, ‘गल्ती कहिले कहिले हुन्छ तर पटक-पटक दोहोरिनु हुँदैन । अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु ।’

    अध्यक्ष ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताउनुभयो । उहाँले कार्यकर्तालाई प्रश्न गर्दै भन्नुभयो, ‘राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के हो ?’ उहाँले अरूलाई जिताएर आफैं अपमानित र लज्जित हुने काम नगर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

    आगामी दिनमा गल्ती नदोहर्‍याउन र पार्टीले जित्ने गरी काममा लाग्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।


    बिहिवार, श्रावण १२ २०७९०२:४८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij