काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म दुई करोड ४० लाख ९२ हजार ७०९ जना संक्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार संक्रमणबाट विश्वभर आठ लाख २४ हजार १९४ जनाको मृत्यु भइसकेको छ भने एक करोड ६६ लाख ३४ हजार ३३८ जना निको भएर घर फकिएका छन् ।
पछिल्लो २४ घण्टामा दुई लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकमा संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत, रसियालगायत रहेका छन् ।