Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हटाइएको फुटेज भेटेनौं भनेर ‘क्लिन चिट्’ दिन मिल्दैनः भट्टराई

हटाइएको फुटेज भेटेनौं भनेर ‘क्लिन चिट्’ दिन मिल्दैनः भट्टराई

  • शुक्रवार, श्रावण १३ २०७९

  • 948
    SHARES

  • हटाइएको फुटेज भेटेनौं भनेर ‘क्लिन चिट्’ दिन मिल्दैनः भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष समितिले ‘क्लिन चिट्’ दिए पनि देश र जनताले स्वीकार नगर्ने बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भन्नुभयो, “जनार्दन शर्मा प्रकरणमा हाम्रो ‘रिजर्भेस’ छ । सत्तापक्षले स्वार्थवश बचाउन खोजेको छ । यसलाई देश र जनताले स्वीकार्ने अवस्था छैन ।

    हामीले पनि किन मान्नु ? हटाइएको फुटेज भेटेनौं भनेर ‘क्लिन चिट्’ दिन मिल्दैन । नष्ट गरिएको कुरा भेटिएन भन्नुको के अर्थ छ र ? बहुमतको निर्णय सधैं सही हुन्छ भन्ने छैन ।”उहाँको भनाई छ ।

    धमलाको प्रश्नमा उहाँले आगामी निर्वाचनमा नेकपा एमाले एक्लै गए पनि सरकार बनाउने हैसियत राख्ने दाबी गर्नुभयो । भावी प्रधानमन्त्रीमा केपी ओलीको विकल्प नभएको पनि उहाँको दाबी छ ।

    नेपाली बहसमार्फत दुवै सदनबाट पारित नागरिकता विधेयकका केही विषयमा समर्थन र केही विषयमा विरोध रहेको पनि भट्टराईले बताउनुभयो ।“जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने पक्षमै हौं । गैरआवासीय नागरिकताका पक्षमा पनि छौं । अंगीकृत नागरिकताको हकमा मात्र हाम्रो आलोचना र विरोध हो ।” भट्टराईको तर्क छ ।

     


    शुक्रवार, श्रावण १३ २०७९०८:३२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij