Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

श्रीलंकालाई आर्थिक उन्नती तर्फ धकेल्ने उपाय पहिल्याउन राष्ट्रपति विक्रमासिङ्घेको आग्रह

श्रीलंकालाई आर्थिक उन्नती तर्फ धकेल्ने उपाय पहिल्याउन राष्ट्रपति विक्रमासिङ्घेको आग्रह

  • आइतवार, श्रावण १५ २०७९

  • 488
    SHARES

  • श्रीलंकालाई आर्थिक उन्नती तर्फ धकेल्ने उपाय पहिल्याउन राष्ट्रपति विक्रमासिङ्घेको आग्रह

    काठमाडौं । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक संकटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघि बढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रह गरेका छन् ।

    देशले झेल्नु परेको वर्तमान चुनौतीलाई स्थायीरूपमा समाधानका निम्ति सबै राजनीतिक दलले सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले देशको अहिलेको आर्थिक सङ्कटका लागि पूर्वराष्ट्रपति गोटबाया राजापाक्षलाई दोष दिनुको कुनै अर्थ नभएको बताए ।


    शनिबार क्याण्डीमा भएको एक कार्यक्रममा उनले देशलाई आर्थिक संकटबाट मुक्त गरी वैदेशिक ऋण चुक्ता गर्न सबै राजनीतिक दललाई एकजुट हुन आग्रह गरे । साथै उनले त्यस निम्ति उपाय पहिल्याउन पनि आग्रह गरे ।

    आईएमएफसँगको सम्झौताले श्रीलंका समस्या पूर्ण रूपमा समाधान नहुने बताए ।


    आइतवार, श्रावण १५ २०७९०१:४०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij