Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्री अस्वस्थ भएपछि रोकियो अध्यादेश

मुख्यमन्त्री अस्वस्थ भएपछि रोकियो अध्यादेश

  • सोमवार, श्रावण १६ २०७९

  • 1.1K
    SHARES

  • मुख्यमन्त्री अस्वस्थ भएपछि रोकियो अध्यादेश
    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि अध्यादेश जारी गर्न बस्ने तयारी भएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । 
     
    प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेको थियो । 
     
    मुख्यमन्त्री पाण्डेले उक्त तयारी अनुसार फेल भएका ४ अध्यादेशलाई मन्त्रिपरिषदबाट स्वीकृति प्रदान गर्न आइतबार बैठक आह्वान गर्नुभएको थियो । 
     
    आइतबार बिहान बस्ने तय भएको बैठक केही समय अघि सूचना प्रवाह गर्दै मुख्यमन्त्री पाण्डेले एक साताका लागि मन्त्रिपरिषद् नबस्ने गरी स्थगन गर्नुभएको थियो । 
     
    मुख्यमन्त्री पाण्डेलाई रुघा खोकी र ज्वरोको सङ्क्रमण देखिएपछि उहाँलाई चिकित्सकले एक साता आराम गर्न सुझाव दिएका छन् । चिकित्सकको सुझाव अनुसार मुख्यमन्त्री पाण्डे एक साताको लागि काठमाडौंस्थित घरमा बेड रेष्टमा बस्नुभएको छ । 
     
    उहाँको कोभिड-१९ सङ्क्रमण परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने एन्टिजेन परीक्षणको रिपोर्ट भने पोजेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।


    सोमवार, श्रावण १६ २०७९०१:३८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij