Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले खटाएको ठाउँमा नगएका एक स्वास्थ्यकर्मीलाई प्रदेश ५ सरकारले माग्यो स्पष्टीकरण

सरकारले खटाएको ठाउँमा नगएका एक स्वास्थ्यकर्मीलाई प्रदेश ५ सरकारले माग्यो स्पष्टीकरण

  • शुक्रवार, आषाढ १९ २०७७

  • 1.0K
    SHARES

  • सरकारले खटाएको ठाउँमा नगएका एक स्वास्थ्यकर्मीलाई प्रदेश ५ सरकारले माग्यो स्पष्टीकरण

    सरकारले खटाएको ठाउँमा नगएका एक स्वास्थ्यकर्मीलाई प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

    पाल्पा अस्पताल तानसेनमा पदस्थापन भएका तर चैत २ गतेदेखि हालसम्म काममा नगएका जनस्वास्थ्य निरीक्षक अधिकृत छैटौं तहका छविराज गिरीलाई मन्त्रालयले स्पष्टीकरणसहित हाजिर हुन एकहप्ते अल्टिमेटम दिएको हो ।

    कोरोना महामारीको जोखिमका बेला लकडाउनका समयमा पनि अनिवार्य उपस्थित भई बिरामीलाई सेवा दिनुपर्नेमा विदासमेत स्वीकृत नगरी गिरी साढे तीन महिनासम्म कार्यालयमा हाजिर नभएको मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, आषाढ १९ २०७७०५:४९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij