Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • मंगलवार, श्रावण १७ २०७९

  • 762
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ। हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका केहि जल तथा मौसम विज्ञान अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    मंगलबार देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै राति पनि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    मौसम विभागले बुधबारदेखि मौसम सुधार हुने पूर्वानुमान गरेको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीको भनाइ छ।  

    उनका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ। यो क्रम बधुबारदेखि रोकिने छ। 


    मंगलवार, श्रावण १७ २०७९०६:५२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij