Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी, चीन आक्रोशित

ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी, चीन आक्रोशित

  • बुधवार, श्रावण १८ २०७९

  • 669
    SHARES

  • ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी, चीन आक्रोशित

    एजेन्सी । चीनको चेतावनीकाबीच बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्।

    चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवान पुगेकी हुन्। चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन्।

    १९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो। अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्। पेलोसीले आज ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ। पेलोसीको भ्रमणबाट आक्रोशित चीनले मंगलबार रातिदेखि नै ताइवानविरुद्ध फौजी कारबाहीको घोषणा गरेको छ।

     


    बुधवार, श्रावण १८ २०७९०७:०१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij