Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालले ताइवान मुद्दामा चीनको समर्थन गर्ने विश्वास छ : चिनियाँ राजदूत

नेपालले ताइवान मुद्दामा चीनको समर्थन गर्ने विश्वास छ : चिनियाँ राजदूत

  • बुधवार, श्रावण १८ २०७९

  • 541
    SHARES

  • नेपालले ताइवान मुद्दामा चीनको समर्थन गर्ने विश्वास छ : चिनियाँ राजदूत

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरेकी छिन् ।

    अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे बुधबार बिहान एक टिप्पणी गर्दै राजदूत होउले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दै उक्त विश्वास व्यक्त गरेकी हुन् ।

    ‘चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ,’ उनले भनेकी छन्, ‘यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो ।’

    चीन–नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार रहेको उल्लेख गर्दै राजदूत होउले भनेकी छन्, ‘दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझेका छन् र समर्थन गरेका छन ।’

     


    बुधवार, श्रावण १८ २०७९०१:२९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij