Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

केही स्थानमा बिहानैदेखि हल्का वर्षा, दिनभरको मौसम कस्तो रहला ?

केही स्थानमा बिहानैदेखि हल्का वर्षा, दिनभरको मौसम कस्तो रहला ?

  • बिहिवार, श्रावण १९ २०७९

  • 1.0K
    SHARES

  • केही स्थानमा बिहानैदेखि हल्का वर्षा, दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। हाल देशभर सामान्य बदली छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

    बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

    गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 


    बिहिवार, श्रावण १९ २०७९०६:४६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij