Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आइतबारदेखि दल दर्ताको प्रक्रिया सुरु गर्छौं : निर्वाचन आयोग

आइतबारदेखि दल दर्ताको प्रक्रिया सुरु गर्छौं : निर्वाचन आयोग

  • बिहिवार, श्रावण १९ २०७९

  • 524
    SHARES

  • आइतबारदेखि दल दर्ताको प्रक्रिया सुरु गर्छौं : निर्वाचन आयोग
    काठमाडौं । ४ मंसिरमा हुने सङ्घीय र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ ।
     
    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो । 
     
    ‘संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गर्छौं,’ उहाँले भन्नुभयो, ‘सात वटा प्रदेशमा कुन कुन दलले भाग लिन्छन् र सङ्घीय निर्वाचनमा कुन कुन दलले भाग लिन्छन् कुराको निधो भदौको पहिलो हप्ताभित्र गरिसक्छौँ ।
     
    निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।


    बिहिवार, श्रावण १९ २०७९०३:१३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij