Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रोनाल्डोलाई ‘गोल अफ दि सिजन’ अवार्ड

रोनाल्डोलाई ‘गोल अफ दि सिजन’ अवार्ड

  • शुक्रवार, भाद्र १२ २०७७

  • 814
    SHARES

  • रोनाल्डोलाई ‘गोल अफ दि सिजन’ अवार्ड

    एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड जितेका छन् । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार घोषणा गरेको च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’ मा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो ।

    च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । रोनाल्डोले डिबक्स बाहिरबाट देब्रे खुट्टाले उत्कृष्ट गोल गरेका थिए । उक्त खेलमा युभेन्ट्सले २(१ ले जितेको थियो ।

    तर, पहिलो लेगमा १(० ले पछि परेको युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । यस अवार्ड जित्ने क्रममा रोनाल्डोले आरबी लाइपजिगका मार्सल साबिट्जरलाई पछि पारेका हुन् ।

     


    शुक्रवार, भाद्र १२ २०७७०६:५४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij