Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

  • सोमवार, श्रावण २३ २०७९

  • 591
    SHARES

  • इजरायल र प्यालेस्टाइनबीच युद्धविराम
    एजेन्सी । इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम भएको छ । इजिप्टको मध्यस्थतामा दुवै पक्षबीच गएरातिदेखि युद्ध विराम भएको हो ।
     
    इजरायलका प्रधानमन्त्री याइर लापिड र प्यालेस्टाइन इस्लामिक जिहादका लडाकु दुवैले युद्ध विराम भएको बताएको बीबीसीले जनाएको छ ।
     
    इजरायल र प्यालेस्टाइन विद्रोहीबीच तीन दिनसम्म चलेको हिंसामा परी १५ बालबालिकासहित ४४ जनाको मृत्यु भएको समाचारहरू सार्वजनिक भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले यसलाई सन् २०२१ मा ११ दिनसम्म चलेको लडाईंपछिकै ठुलो हिंसा भनेका छन् ।
     
    गत सोमबार इस्लामिक जिहादका प्रमुख बसिम सादीलाई जेनिन क्षेत्रबाट इजरायलले पक्राउ गरेपछि तनाव सुरु भएको थियो ।


    सोमवार, श्रावण २३ २०७९१२:३२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij