काठमाडौं । नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले कोरोना महामारी र लकडाउनको कारण अन्य क्षेत्रमा लगानीको वातावरण नबन्दा पछिल्लो समय शेयर बजार बढ्दो ट्रेण्ड तर्फ गइरहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्वादमा पत्रकार टि.पी.भुसालसंग कुरा गर्दै पौडेलले कोभिड –१९ को महामारीका कारण बैंक र वित्तीय संस्थामा तरलता बढ्दै गएको तर लगानीका अन्य क्षेत्र संकुचन हुँदा पुँजी बजारमा लगानीकर्ताको आर्कषण बढ्दै गएको बताउनुभयो ।
अहिले पुँजी बजार चक्रिय प्रणालीको पहिलो बर्षमा प्रवेश गरेको बताउँदै यो क्रम तीन वर्षसम जाने उल्लेख गर्दै उहाँले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो ।
पुँजी बजारको समग्र विकाकसको लागि सरकार तथा नियामक निकायले गर्नुपर्ने धेरै काम भएपनि तुलनात्मक रुपमा पुँजीबजार क्रमशः सुधार हुँदै गएको पौडेलले बताउनुभयो ।
पछिल्लो समय २०७३ देखि २०७७ सम्मको अवस्था हेर्दा नेपालको शेयर बजारले धेरै फड्को मारेको पौडेलको धारणा छ । यद्यपी नेपाली पुँजी बजार एशियाको स्तरमा पुग्न भने धेरै काम गर्न बाँकी रहेको पौडेलले बताउनु भयो ।
उहाँले शेयर बजारमा विदेशी लगानी, गैरआवासिय नेपाली (एनआरएनए) लगायतलाई भित्र्याउने कुरा देखि नयाँ प्रडक्ट ल्याने विषषमा सरोकावालाहरुले समयमै ध्यान दिन सके नेपालको पूँजी बजारको थप विकास हुने बताउनु भयो ।
इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष पौडेलसँग गरिएको कुराकानी तलको लिंकमा सुन्न सकिनेछ ।