काठमाडौं । नेकपा एमालेका नेता मणि थापाले संघीय निर्वाचनमा एमाले कुनै पनि गठबन्धनमा नभएको बताउनुभएको छ ।
आगामी संघीय निर्वाचनमा एमालेले एक्लै लड्ने बताउँदै नेता थापाले विचार, सिद्धान्त र एजेण्डा नमिल्ने दलहरुसँग तालमेल गर्नुको कुनै अर्थ नभएको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले विचारविहीन र मुद्दाविहीन गठबन्धनसँग जनताको कुनै आकर्षण नभएको स्पष्ट पार्नुभएको छ ।
यस्तै नेता थापाले नेपालको राजनीतिमा मुख्य नेताहरुबाहेक कसैको भूमिका नभएको बताउनुभयो । राप्रपासँग गठबन्धन गर्नु अनुचित हुने पनि उहाँको तर्क छ । थापाले भन्नुभयो, ‘चुनावमा गाह्रो होला तर पार्टीलाई नेपालको परिवर्तनलाई स्थापित गर्ने कोणबाट सोच्नु राम्रो हुन्छ ।
राप्रपासँग हाम्रो के एजेन्डा मिल्छ र ? संघीयता, राजसंस्था, हिन्दुराष्ट्रको कुरा गरिरहेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा गरिरहेको छ । एजेन्डा, विचार होइन जसरी पनि चुनाव जित्नुपर्छ भन्ने निष्कर्षमा एमाले फस्नुहुँदैन ।’