Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

धनुषा क्षेत्र नम्बर ३ बाट लड्ने विमलेन्द्र निधिको घोषणा

धनुषा क्षेत्र नम्बर ३ बाट लड्ने विमलेन्द्र निधिको घोषणा

  • आइतवार, श्रावण २९ २०७९

  • 524
    SHARES

  • धनुषा क्षेत्र नम्बर ३ बाट लड्ने विमलेन्द्र निधिको घोषणा
    काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने बताउनुभएको छ। जनकपुरधामबाट भारतको अयोध्या, बनारसलगायतको धार्मिक तीर्थ यात्रामा गएका १ सय २ जना यात्रीलाई जानकी मन्दिर प्रांगणबाट बिदाइ गर्दै निधिले आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।
     
    उहाँले अगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको बताउँदै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई पनि पाँच दलीय गठबन्धनमा सहभागी गराइनुपर्ने बताउनुभयो। उहाँले लोसपा नेपाललाई गठबन्धन र सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले कुराकानी गरिरहेको बताउँदै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा आफू लड्न नेता राजेन्द्र महतो संवाद गरिने बताउनुभएको छ ।
     
    यसअघि नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले पनि धनुषाको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । 
     
     


    आइतवार, श्रावण २९ २०७९०१:५६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij