Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन माग

राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन माग

  • सोमवार, श्रावण ३० २०७९

  • 1.1K
    SHARES

  • राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन माग

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पटक पटक राजनीतिक पुर्वाग्रहपूर्ण व्यवहार तथा निर्णयहरु गरेको भन्दै उहाँलाई महाअभियोग लगाउनु पर्ने माग उठेको छ ।

    पछिल्लो पटक संसदले पुर्ण प्रक्रिया पुर्याएर पारित गरेको नागरिकता विधेयकमा पनि राजनीतिक पुर्वाग्रह देखिएको भन्दै महाअभियोग लगाउनु पर्ने आवाज उठेको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै जसपाका नेता मनिष सुमनले देश भित्रको ठूलो विभेद अन्त्य गर्ने प्रयासमा राष्ट्रपति वाधक बनेको आरोप लगाउनु भयो ।

    एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले यही आसयको नागरिकता अध्यायदेश पठाउदा रातारात पारित गर्ने तर संसदबाट पारित भएको विधयक चाहिं फिर्ता गर्ने गरेर राष्ट्रपतिले दोहोरो चरित्र देखाएको उहाँको भनाई छ ।

    उहाँले भन्नुभयो, “हिजो खड्गप्रसाद ओली प्रधानमन्त्री हुँदा सदनलाई छलेर यही नागरिकतासम्बन्धी अध्यादेश ल्याउँदा आँखा चिम्लेर सदर गर्ने राष्ट्रपतिले आज दुबै सदनबाट पारित भएको विधेक पुनर्विचारको लागि सदनमा फिर्ता पठाउनु आफैमा आपत्तिजनक छ । यो उहाँको दोहोरो चरित्रसँग हो ।”

    नागरिकता विधेयकमा एमालेले संसदमा विपक्षमा मतदान गरेकोले राष्ट्रपति पनि विपक्षमा उभिएको नेता सुमनको टिप्पणी छ ।  राष्ट्रपति भण्डारी राष्ट्रिय अविभावक बन्न नसकेको र एमालेको मात्रै गोटी बनेको उहाँले आरोप लगाउनु भयो ।

     


    सोमवार, श्रावण ३० २०७९०६:५६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij