Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

रुपन्देहीमा गोली चल्यो, एक जना घाइते

रुपन्देहीमा गोली चल्यो, एक जना घाइते

  • सोमवार, श्रावण ३० २०७९

  • 774
    SHARES

  • रुपन्देहीमा गोली चल्यो, एक जना घाइते

    काठमाडौं। रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।

    नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया–४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेको प्रहरीले जनाएको छ ।

    पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    उक्त घटनाको आधा घण्टा अगाडि रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धार्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो । गोली प्रहार गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     


    सोमवार, श्रावण ३० २०७९०७:३०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij