Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

जम्मु-कश्मिरमा बस खस्दा कम्तीमा ६ प्रहरीको मृत्यु

जम्मु-कश्मिरमा बस खस्दा कम्तीमा ६ प्रहरीको मृत्यु

  • मंगलवार, श्रावण ३१ २०७९

  • 732
    SHARES

  • जम्मु-कश्मिरमा बस खस्दा कम्तीमा ६ प्रहरीको मृत्यु
    काठमाडौं । भारतको जम्मु-कश्मिरमा इन्डो-तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मीर प्रहरीका जवान सवार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
     
    जम्मु कश्मिरमा पर्ने चन्दनवारीमा मंगलबार अपराह्न बस नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बसको ब्रेक फेल भएकाले दुर्घटना भएको जनाइएको छ।
     
    बसमा ३९ जना सवार थिए। घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत् श्रीनगरमा रहेको सेनाको अस्पताल पुर्‍याइएको छ।
     
    ती प्रहरीहरूलाई अमरनाथ क्षेत्रमा सुरक्षाका लागि तैनाथ गरिएको थियो।


    मंगलवार, श्रावण ३१ २०७९०३:१५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij