Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आगामी आइतबारसम्म सिटको टुङगो लाग्छ : हिमलाल पुरी

आगामी आइतबारसम्म सिटको टुङगो लाग्छ : हिमलाल पुरी

  • बिहिवार, भाद्र २ २०७९

  • 570
    SHARES

  • आगामी आइतबारसम्म सिटको टुङगो लाग्छ : हिमलाल पुरी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले सिट बाँडफाँडको काम लगभग अन्तिम चरणमा पुगेकाले आगामी आइतबारसम्म टुङगो लाग्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सत्ता गठबन्धनले सिट बाँडफाँडका लागि गठन गरेको कार्यदलका सदस्य समेत रहनुभएका पुरीले गठबन्धनको आवश्यक र औचित्यका बारेमा जनतालाई आह्वान गरेर विज्ञप्ती जारी गर्ने सहमती भएको र अब चाँडै सिटको बाँडफाँड टुङग्याउने बताउनुभयो ।

    बाहिर आएजस्तो १००/५० तोकेरै सिटको माग बैठकमा नआएको उहाँले स्पष्ट पार्नुभयो । अहिलेसम्मका बैठकमा सिट बाँडफाँडका आधारहरु, कस्ता उम्मेदवार उठाउनुपर्छ भन्ने लगायतका विषयमा छलफल चलिरहेको तर फलानो दललाई यति सिट भनेर कुनै पनि पक्षबाट प्रस्ताव नआएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘बाहिर समाचारमा कांग्रेसले १०० सिट, माओवादीले ६० भन्ने धेरै आएको देखियो तर भित्र बैठकमा यस्तो प्रस्ताव र माग अहिलेसम्म आएका छैनन् ।’

    आगामी मङ्सिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न कार्यदल गठन गरिएको छ ।

    चुनावमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनसकेको छैन । गएको २३ गते बसेको कांग्रेस नेता कृष्ण सिटौला प्रमुख रहनुभएको छ ।

    कार्यदलमा नेपाली काँग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

     


    बिहिवार, भाद्र २ २०७९०७:३६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij