Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयकमा विलम्ब गर्ने सुविधा छैन : मीन विश्वकर्मा

नागरिकता विधेयकमा विलम्ब गर्ने सुविधा छैन : मीन विश्वकर्मा

  • बिहिवार, भाद्र २ २०७९

  • 659
    SHARES

  • नागरिकता विधेयकमा विलम्ब गर्ने सुविधा छैन : मीन विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका सचेतक मीन विश्वकर्माले नागरिकता विधेयकमा विलम्ब गर्ने सुविधा नभएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले संसदको छोटो अवधिका कारण उक्त विधेयकमा ढिला गर्ने सुविधा नभएको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, ‘नागरिकता विधेयक पुनर्विचार गरियोस् भनेर राष्ट्रपतिले संसदमा फिर्ता पठाउनुभएको छ । तर संसदको छोटो अवधिका कारण अब त्यसमा विलम्ब गर्ने सुविधा छैन । त्यसैले आज नै कार्यसूचीमा चढाइएको छ ।’

    राष्ट्रपतिबाट विधेयकको कुनै पनि दफा, उपदफामा यसरी पुनर्विचार गर्नु भन्ने फरक सुझाव नआएको उहाँले बताउनुभयो ।

    यस्तै नेता विश्वकर्माले एमालेका कारण जनतामा राजनीतिप्रति वितृष्णा जगाइदिएको आरोप पनि विश्वकर्माले लगाउनुभएको छ ।

    अग्रगमनकारी गठबन्धनको नेतृत्व कांग्रेसले गरेको र त्यसमा लोसपा, बाबुराम भट्टराई, वामदेव गौतम पनि सामेल हुने विश्वकर्माको भनाइ छ ।

    यस्तै आजको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता गरेको नागरिकता सम्बन्धी नयाँ विधेयक आजै पारित गर्ने तयारी छ ।

    आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची छ ।

    प्रस्तावमा सांसदहरूले धारणा राखेपछि गृहमन्त्रीले नै विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्नुहुनेछ ।


    बिहिवार, भाद्र २ २०७९०८:४८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij