काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्नुभएको छ ।
पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुग्नुभएको हो। केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्किनुभएको थियो ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।
आज संसदमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ । नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै ओली झापा पुग्नुभएको हो ।