Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

७० सहकर्मीमध्ये १ जनामात्रै विवाहमा आएको भन्दै महिलाले छोडिन् जागिर

७० सहकर्मीमध्ये १ जनामात्रै विवाहमा आएको भन्दै महिलाले छोडिन् जागिर

  • बिहिवार, भाद्र २ २०७९

  • 654
    SHARES

  • ७० सहकर्मीमध्ये १ जनामात्रै विवाहमा आएको भन्दै महिलाले छोडिन् जागिर

    काठमाडौं । उनले पाँच वर्षदेखि जागिर खाइरहेको अफिस छोडिदिइन् । उनलाई असाध्यै चित्त दुखेको थियो किनभने आफ्नो विवाहमा उनले ७० जना सहकर्मीलाई निम्तो दिएकी थिइन् तर एकजना मात्रै उपस्थित भए ।

    यो घटना चीनको हो । चीनको सञ्चार माध्यम इटी टुडेमा यसबारे समाचार प्रकाशित गरेको छ । ती महिलाले आफ्नो जीवनको सबैभन्दा खुसीको दिनमा आफ्ना सहकर्मीले आफूलाई अपमानित गरेको भन्दै सोसल मिडियामार्फत् चित्त दुखाइन् । नाम नखुलाइएकी ती महिला विगत पाँच वर्षदेखि त्यहि कम्पनीमा काम गर्दै आएकी थिइन् र उनीहरु सबैसँग राम्रो सम्बन्ध भएको ठान्थिन् ।

    उनले आफ्ना ७० जना सहकर्मीमध्ये एक तिहाईको विवाहमा सहभागी पनि भएकी थिइन् । त्यसैले आफूले विवाह गर्ने निर्णय गरेपछि धेरैजना साथीको उपस्थिति हुने उनले आशा गरेकी थिइन् ।


    ती महिलालाई आफ्ना सहकर्मीको उपस्थितिमाथि पूर्ण विश्वास थियो त्यसैले उनले सहकर्मीमध्ये पनि कसैलाई निम्तो दिने कसैलाई नदिने गरिनन् । उनले आफ्ना सहकर्मीका लागि ६ वटा टेबलसमेत बुक गरेर राखेकी थिइन् । तर बिडम्बना ७० वटा सिटमध्ये एउटा मात्रै प्रयोगमा आयो ।

    उनको विवाह सरिक हुनेमा उनकै प्रशिक्षार्थी थिइन् जसले सम्भवतः त्यहाँ हुनुपर्ने बाध्यता महसुस गरिन् । यसबारे उनले वेबोमा लेखेकी छिन्, ‘मैले सबै पाहुना विशेषगरी मेरो श्रीमानको परिवारको अगाडि लज्जित महसुस गरेँ । मैले दिनभरी टाउको उठाउन सकिनँ ।’

    विवाहपछि उनले राजीनामा दिइन् किनभने उनले आफ्नो विवाहको दिन लज्जित महसुस गराउने सहकर्मीसँग आइन्दा काम गर्न नसक्ने बताइन् ।


    बिहिवार, भाद्र २ २०७९०२:२७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij