Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

उत्तर कोरियाली नेता किम जोङकी बहिनीको दक्षिण कोरियालाई कडा

उत्तर कोरियाली नेता किम जोङकी बहिनीको दक्षिण कोरियालाई कडा

  • शुक्रवार, भाद्र ३ २०७९

  • 679
    SHARES

  • उत्तर कोरियाली नेता किम जोङकी बहिनीको दक्षिण कोरियालाई कडा

    काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाली राष्ट्रपतिलाई आफ्नो मुख बन्द राख्न निर्देशन दिएकी छिन् ।

    वास्तवमा, दक्षिण कोरियाका राष्ट्रपति युन–सुक योलले उत्तर कोरियाले आणविक निशस्त्रीकरण गर्न राजी भएमा त्यसको बदलामा आर्थिक सहायता दिने प्रस्ताव गरेका थिए ।

    दक्षिण कोरियाका राष्ट्रपतिले मे महिनामा पदभार ग्रहण गर्दा पनि यस्तो प्रस्ताव राखेका थिए । त्यसपछि राष्ट्रपतिको रुपमा सय दिन पुरा गरेको उपलक्ष्यमा बुधबार राखिएको पत्रकार सम्मेलनमा पनि उनले यही प्रस्ताव दोहोराएका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार उत्तर कोरियाका प्रमुख नेताले दक्षिण कोरियाको प्रस्तावमा प्रत्यक्ष टिप्पणी गरेको यो पहिलो पटक हो ।

    उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले जारी गरेको विज्ञप्तिमा किम यो जोङले भनेकी छिन्, ‘यदि उनले बेकारको कुरा गर्नुको साटो आफ्नो मुख बन्द राख्छन् भने उनको छविका लागि यो नै राम्रो हुनेछ ।’

    किम यो जोङले दक्षिण कोरियाली राष्ट्रपतिलाई भनेकी छिन्, ‘आर्थिक सहयोगको लोभ दिएर उत्तर कोरियाको सम्मान र परमाणु हतियारमाथि सम्झौता गर्न सक्छु भन्ने उनलाई लाग्छ । कुनै सानोतिनो चिजका लागि आफ्नो भाग्यको सम्झौता गर्न सक्दैनौँ ।’

    हालैका वर्षमा, किम यो जोङ दक्षिण कोरियाको एक स्पष्ट आलोचकको रूपमा उभिएकी छिन् । उनको पछिल्लो बयानलाई हालसम्मकै सबैभन्दा कडा व्यक्तिगत आक्रमण मानिएको छ ।

    दक्षिण कोरियाका एकीकरण मन्त्रीले किमको भनाइलाई ‘अत्यधिक अपमानजनक र असभ्य’ भनेका छन् ।

    https://twitter.com/Reuters/status/1560495789671055362


    शुक्रवार, भाद्र ३ २०७९०२:२४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij