Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमृत कोषको स्थापना महत्वपूर्ण : राष्ट्रपति भण्डारी

अमृत कोषको स्थापना महत्वपूर्ण : राष्ट्रपति भण्डारी

  • शुक्रवार, भाद्र ३ २०७९

  • 826
    SHARES

  • अमृत कोषको स्थापना महत्वपूर्ण : राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार तथा प्रसूति स्त्री रोग अस्पतालले अमृत कोषको स्थापना गर्नु मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा एक ऐतिहासिक थालनी भएको बताउनुभएको छ ।

    परोपकार तथा प्रसूति स्त्री रोग अस्पतालको ६३ औँ वार्षिकोत्सव तथा अमृत कोष स्थापनाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आफ्नै पहल र व्यापक दृष्टिकोणका आधारमा अमृत कोषको स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    नेपाली समाजमा आमाको दूध दान गर्ने कार्य पुरानो अभ्यास भएपनि अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरूबाट दान गरिएको दुधको संकलन, प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्ने कार्य सुरुवात गरेको भन्दै उहाँले प्रसंशा गर्नुभयो ।

    अमृत कोषको स्थापनाले नेपालबाट मातृ तथा शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्याउने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभयो। साथै स्तनपानको महत्वबारे जनचेतना फैलाउन सम्बन्धित निकाय अगाडि बढ्ने प्रति विश्वास व्यक्त गर्नुभयो ।

    उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराबहादुर केसीले स्त्री तथा प्रसूति रोगको उपचार पहिचान र सेवा विस्तार सात प्रदेश र ७७ वटै जिल्ला पुर्याउन पहल भइरहेको बताउनुभयो । मन्त्री केसीले स्त्री, प्रसूति र शिशुहरूको उपचार सेवा उपलब्ध गराउनका लागि विश्वमा उपलब्ध अत्याधुनिक स्वास्थ्य उपकरणमार्फत सेवा प्रदानका लागि मन्त्रालय तयार रहेको बताउनुभयो ।


    शुक्रवार, भाद्र ३ २०७९०२:४१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij