Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सिरियामा रकेट आक्रमण, १५ जनाको मृत्यु

सिरियामा रकेट आक्रमण, १५ जनाको मृत्यु

  • शनिवार, भाद्र ४ २०७९

  • 782
    SHARES

  • सिरियामा रकेट आक्रमण, १५ जनाको मृत्यु
    एजेन्सी । सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहको भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठुलो क्षति भएको जनाइएको छ । आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।  
     
    मृत्यु भएका मध्ये तीन जना बालबालिका पनि रहेका छन् । घटना अत्यन्त क्रुुर र निर्दयीपूर्ण रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । शुक्रबार भएको घटनामा परी अरू दर्जनौँ घाइते भएको जनाइएको छ । घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
     
     
    देशको उत्तरी क्षेत्रमा पर्ने अलबाब सहरमा घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकी समर्थन रहेको कुर्दिस लडाकाहरूको आक्रमणमा परी ११ जना सुरक्षाकर्मीको मृत्यु भएको भोलिपल्ट यो घटना भएको हो । शुक्रबार भएको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी भने लिएको छैन । सुरक्षाकर्मीहरूले घटनाका दोषीको खोजी भइरहेको जनाएका छन् । 


    शनिवार, भाद्र ४ २०७९०३:५७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij