Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी र नेपाल एकीकृत समाजवादी मिलन : चुनावमा घोषणापत्र एउटै

माओवादी र नेपाल एकीकृत समाजवादी मिलन : चुनावमा घोषणापत्र एउटै

  • सोमवार, भाद्र ६ २०७९

  • 647
    SHARES

  • माओवादी र नेपाल एकीकृत समाजवादी मिलन : चुनावमा घोषणापत्र एउटै

    काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ ।

    एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो ।

    प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिएका छन् ।

    बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका छन् ।

    २०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए । आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको थियो ।

    भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी हुनुहुन्थ्यो ।


    सोमवार, भाद्र ६ २०७९०२:३०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij