Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्ने, यस्तो छ तयारी

महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्ने, यस्तो छ तयारी

  • सोमवार, भाद्र ६ २०७९

  • 1.1K
    SHARES

  • महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्ने, यस्तो छ तयारी
    काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक मंगलबार(भोलि) बस्ने भएको छ । समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार भोलि दिउँसो २ बजे बैठक बस्ने तय भएको छ ।
     
    उक्त बैठकमा यसअघि १ भदौ बैठकमा वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबारामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची छ ।
     
    भोलिको बैठकमा महाअभियोग उपर कुन दिन के गर्ने, कति दिनमा सक्ने भनेर कार्यतालिका पेस गर्ने र पास गर्ने तयारी रहेको उहाँले बताउनुभयो । बैठकमा समितिको सभापति चयनको विषय पनि उठ्न सक्ने उहाँको भनाई छ । 
     
    प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले २२ साउनमा पाएको थियो । जिम्मेवारी पाएको ९ दिनपछि पहिलो बैठक बसेको थियो ।
     
    १ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरूले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । उक्त प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो । प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबराविरुद्धको महाअभियोग प्रस्ताव, महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
     
    प्रतिनिधिसभा नियमावलीले महाअभियोग दर्ता भएपछि दुई साताभित्रै छानबिनका लागि महाअभियोग सिफारिस समितिमा पुग्ने र समितिले जिम्मेवारी पाएको ३ महिनाभित्र अध्ययन सकेर सिफारिस गर्नुपर्ने भनेको छ ।
     
    तर, अनेक तर्क गरेर जबराविरुद्धको महाअभियोग दर्ता भएको ६ महिना नाघिसक्दा समेत संसदबाट किनारा लागेको छैन ।
     


    सोमवार, भाद्र ६ २०७९०४:१६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij