Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

कपिलवस्तुमा बीच सडकमा बोलाएर गोली प्रहार, एकको मृत्यु

कपिलवस्तुमा बीच सडकमा बोलाएर गोली प्रहार, एकको मृत्यु

  • शुक्रवार, भाद्र १० २०७९

  • 540
    SHARES

  • कपिलवस्तुमा बीच सडकमा बोलाएर गोली प्रहार, एकको मृत्यु

    काठमाडौं । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समुहले गोली हानेर एकजनाको हत्या गरेको छ ।

    मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ ।

    पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बीचको सडकमा पुर्‍याएर गोली प्रहार गरेका थिए ।

    गोली लागेर गम्भीर घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । कपिलवस्तु अस्पतालको ईमरजेन्सीमा कार्यरत डाक्टर खगेन्द्र चौधरीका अनुसार मृतकको बायाँ तिघ्रामा गोली लागेर छेडिएको छ ।

    तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको डा. चौधरीले बताउनुभयो । गोली प्रहारको घटनामा संलग्नहरुको खोज तलासका लागि प्रहरीको टोली घटनास्थल खटाइएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो ।


    शुक्रवार, भाद्र १० २०७९०५:४७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij