Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सोभियत संघका पूर्वराष्ट्रपति मिखायल गोर्बाचोभको निधन

सोभियत संघका पूर्वराष्ट्रपति मिखायल गोर्बाचोभको निधन

  • बुधवार, भाद्र १५ २०७९

  • 570
    SHARES

  • सोभियत संघका पूर्वराष्ट्रपति  मिखायल गोर्बाचोभको निधन

    काठमाडौं । तत्कालीन सोभियत संघका अन्तिम पूर्वराष्ट्रपति मिखायल गोर्बाचनेभको ९१ वर्षको उमेरमा निधन भएको छ ।

    लामो समयदेखि अस्वस्थ रहनुभएका गोर्बाचोभको उपचारकै क्रममा रुसको सेन्ट्रल क्लिनिकल अस्पतालमा निधन भएको हो । पूर्वराष्ट्रपति गोर्बाचोभले तत्कालीन समयमा शित युद्धको शान्तिपूर्ण निकास दिनुभएको थियो । उहाँकै अगुवाईमा सोभियत संघ विघटन गरिएको थियो ।

    उहाँले अमेरिकासँगको परमाणु निशस्त्रीकरणमा सफलता पूर्वक निभाएको भूमिकाका कारण अमेरिका र रुसको सम्बन्ध सुध्रिएको थियो । गोर्बाचोभको शासनकालमा हजारौं राजनीतिक बन्दीहरुलाई रिहा गरिएको थियो ।

    गरीब परिवारमा सन् १९३१ मा जन्मनु भएका उहाँ कानूनका ज्ञाता हुनुहुन्थ्यो । उहाँले सन् १९८५ देखि १९९१ सम्म तत्कालीन सोभियत कम्युनिष्ट पार्टीको नेतृत्व गर्नुभएको थियो ।

    उहाँले सोभियत संघ विघटन गरेपछि १९९१ मा राष्ट्रपतिबाट राजीनामा दिनुभएको थियो ।


    बुधवार, भाद्र १५ २०७९११:४२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij