Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पोर्चुगलमा गर्भवती महिलाकोे मृत्यु भएपछि स्वास्थ्यमन्त्रीद्धारा राजीनामा

पोर्चुगलमा गर्भवती महिलाकोे मृत्यु भएपछि स्वास्थ्यमन्त्रीद्धारा राजीनामा

  • बिहिवार, भाद्र १६ २०७९

  • 541
    SHARES

  • पोर्चुगलमा गर्भवती महिलाकोे मृत्यु भएपछि स्वास्थ्यमन्त्रीद्धारा राजीनामा

    काठमाडौं । पोर्चुगलकी स्वास्थ्य मन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि आफ्नो पदबाट राजीनामा दिनुभएको छ । अस्पतालबाट अर्को अस्पताल लैजादैँ गर्दा कार्डियक अरेस्टका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ ।

    तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई सुत्केरी गराउने अस्पतालहरूमा कामदारहरूको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् । डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो र पोर्चुगललाई कोरोना महामारीबाट निको हुन मद्दत गर्ने श्रेय पनि उहाँलाई नै दिइन्छ ।

    तर मङ्गलबार एक सरकारी विज्ञप्तिमा भनिएको छ, ‘डा. टेमिडोले पदमा बसिरहन अब कुनै कारण बाँकी नरहेको महसुस गरिन् ।’ पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा. टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताउनुभयो ।

    अर्को विज्ञप्तिमा पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकृत गरेको बताउनुभएको छ । प्रधानमन्त्रीले टेमिडोको उत्कृष्ट कामका लागि धन्यवाद दिनुभएको छ ।

     


    बिहिवार, भाद्र १६ २०७९०२:५१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij