Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महानगरले बन्द गर्‍यो वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड

महानगरले बन्द गर्‍यो वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड

  • बिहिवार, भाद्र १६ २०७९

  • 575
    SHARES

  • महानगरले बन्द गर्‍यो वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । उक्त डिजिटल बोर्ड नियम विपरीत भएको भन्दै महानगरले हटाउन पटक पटक आग्रह गर्दा पनि सेन्टरले बन्द नगरेपछि बिहीबार महानगरपालिकाको टोली आफैं गएर बोर्ड बन्द गराएको हो ।

    केहीबेर अघि उक्त बोर्ड बन्द गराउनका लागि नगर प्रहरीहरु त्यहाँ पुगेका हुन् । उनीहरुलाई मेयर बालेन्द्र शाहले निर्देशन दिएको उहाँका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिनुभयो ।

    नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली ट्रेड सेन्टर गएको थियो ।

    स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्‍न पाइने नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बोर्डले १६ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफल ओगटेको छ । यस्तै बोर्डले भवनको झ्याल समेत छेकेको उहाँले बताउनुभयो ।

    मुख्य सडकको भवनमा ठूलो डिजिटल बोर्डले सवारी चालकको ध्यान भंग गर्ने हुँदा दुर्घटनाको जोखिम समेत हुने गरेको थियो ।


    बिहिवार, भाद्र १६ २०७९०३:१८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij