Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयक बहुमत–अल्पमतको विषय होइन : खिमलाल भट्टराई

नागरिकता विधेयक बहुमत–अल्पमतको विषय होइन : खिमलाल भट्टराई

  • शुक्रवार, भाद्र १७ २०७९

  • 1.0K
    SHARES

  • नागरिकता विधेयक बहुमत–अल्पमतको विषय होइन : खिमलाल भट्टराई
    काठमाडौं । प्रमुख प्रतिपक्षदल नेकपा एमालेका राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको सन्देशलाई गम्भीर रुपमा छलफल गरेर अगाडि बढ्नु पर्ने बताउनुभएको छ । नागरिकता विधेयक राजनीतिक प्रतिद्वन्द्वीता र बहुमत अल्पमतको विषय नभएकोले राष्ट्रलाई हेरेर काम गर्नुपर्ने बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले जन्मसिद्ध नागरिक र गैर आवासीय नागरिकले नागरिकता पाउन पर्ने विषयमा आफ्नो कुनै विमति नभएपनि वैवाहिक अङ्गीकृत र अङ्गीकृत नागरिकताको हकमा भने अवधि राखेरै जानु पर्ने बताउनुभएको छ । यदि यसो भएन भने यो राष्ट्रहित विपरीत हुने दाबी गर्नु भएको छ ।
     
    यस्तै उहाँले आमाको नाममा पाउने नागरिकताको हकमा पनि विधेयकमा स्पष्ट लेखेरै जानुपर्ने बताउनुभयो । उहाँले नागरिकता विधेयकमा राष्ट्रपतिले संवेदनशील र जायज विषय उठाउनुभएको जिकिर गर्नुभयो । अहिले सत्तापक्ष गणतन्त्रको संस्कार र  संस्कृति  विपरीत प्रस्तुत भइरहेको आरोप लगाउनुभयो ।
     
    एक वर्षदेखि सत्तापक्ष चुपचाप बसेको र अहिले चुनावको मुखमा आएर नागरिकता विधेयकमा चुनावी राजनीति गर्न खोजेको उहाँको आरोप थियो ।
     
    गत महिना संसद्का दुवै सदनले नागरिकता विधेयक पारित गरेर शीतल निवासमा प्रमाणीकरणका निम्ति पठाएको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले करिब दुई साता अध्ययनपश्चात् उक्त विधेयक सन्देशसहित संसदमै फिर्ता पठाउनुभएको थियो । आफ्ना सन्देशसहित पुनर्विचार गर्न पठाएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पुनः पारित गरेपछि राष्ट्रपति, सरकारसँग असन्तुष्ट रहनुभएको छ ।
     


    शुक्रवार, भाद्र १७ २०७९०७:१८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij