काठमाडौं । अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डि क्रिच्नर हत्याबाट जोगिएकी छन् ।
उनको हत्या गर्ने मनशायले आएका एक व्यक्तिको पेस्तोल जाम भएसँगै उनको ज्यान जोगिएको बीबीसीले जनाएको छ । सो घटनाको भिडिओ पनि सार्वजनिक भएको छ ।
हतियारधारीको उक्त पेस्तोलमा पाँच राउण्ड गोली रहेको मिडिया रिपोर्टमा उल्लेख छ । अर्जेन्टिनाका राष्ट्रपतिले सो घटनाको निन्दा गर्दै भाग्यवश क्रिस्टिनाको ज्यान बँचेको बताएका छन् ।