Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारतमा बस दुर्घटनामा परि ४ नेपालीको मृत्यु, थप ६ जनाको अवस्ता चिन्ताजनक

भारतमा बस दुर्घटनामा परि ४ नेपालीको मृत्यु, थप ६ जनाको अवस्ता चिन्ताजनक

  • शनिवार, भाद्र १८ २०७९

  • 495
    SHARES

  • भारतमा बस दुर्घटनामा परि ४ नेपालीको मृत्यु, थप ६ जनाको अवस्ता चिन्ताजनक

    काठमाडौं । भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्ता चिन्ताजनक रहेको छ ।

    रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक आज बिहान ट्रकले ठक्कर दिएको थियो ।

    टाइम्स अफ इन्डियाका अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    गोवा जाँदै गर्दा युपी ९३ बि.टि. ९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए । त्यसैबेला पछाडीबाट ट्रकले ठक्कर दिएको हो ।

    बसमा करिब ६० जना नेपाली मजदुर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।


    शनिवार, भाद्र १८ २०७९०१:४१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij