Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जबरासँगको तेस्रो दिनको बयान सकियो, अब भदौ २६ मा लिइने

जबरासँगको तेस्रो दिनको बयान सकियो, अब भदौ २६ मा लिइने

  • आइतवार, भाद्र १९ २०७९

  • 565
    SHARES

  • जबरासँगको तेस्रो दिनको बयान सकियो, अब भदौ २६ मा लिइने

    काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भदौ २६ गते दिउँसो १२ः३० बजे बयानका लागि फेरि बोलाएको छ।

    आज समितिले जबरासँग थप पाँच प्रश्न सोधेको थियो। योसहित समितिले जबरालाई ११ प्रश्न सोधेको छ। यसअघि बयानको पहिलो दिन गत बुधबार र बिहीबार गरी ११ प्रश्न सोधेको थियो। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्। जसमध्ये ११ वटा प्रश्नको जबराले बयान दिनुभएको छ ।

    आजको बैठकमा जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक र निर्थक भएको बताउनुभएको थियो । संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाउनुभयो ।

    उहाँले महाभियोग लगाएको साढे ६ महिना वितिसक्दा पनि यसको जवाफ पाउन नसकेको धारणा व्यक्त गर्नुभयो ।

    न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।


    आइतवार, भाद्र १९ २०७९०१:२२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij