Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

चीनमा शक्तिशाली भूकम्पको झड्का

चीनमा शक्तिशाली भूकम्पको झड्का

  • सोमवार, भाद्र २० २०७९

  • 490
    SHARES

  • चीनमा शक्तिशाली भूकम्पको झड्का

    काठमाडौं । दक्षिणपश्चिम चीनमा सोमबार ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

    एएफपी समाचार एजेन्सीले अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)लाई उद्धृत गर्दै भूकम्पको केन्द्रबिन्दु सिचुआन प्रान्तको काङडिङ सहरबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको बताएको छ ।

    तर, अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय क्षति नभएको बताइएको छ । एक स्थानीय बासिन्दाले एएफपीलाई चेङ्दु सहरमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताए । यस वर्षको जुनमा दक्षिणपश्चिम चीनमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।

    त्यतिबेला चेङ्दु सहरबाट १०० किलोमिटर पश्चिममा ६।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।


    सोमवार, भाद्र २० २०७९०२:०२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij