काठमाडौं । नेकपा एमाले कञ्चनपुरका युवा नेता एवम् बेलडाँडी गाउँपालिका इन्चार्ज गणेश उपाध्याय नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
मंगलबार (आज) धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता उपाध्याय माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । उपाध्यायलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको छ ।
एमालेभित्र चरम गुटबन्दी, आफन्त एव नातावाद हावी भएपछि कम्युनिष्ट आन्दोलन जोगाउन माओवादी केन्द्रमा प्रवेश गरेको उपाध्यायको भनाई छ।