Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सन्दीपको समाचार जब उनका बुवाले हेरे...

सन्दीपको समाचार जब उनका बुवाले हेरे...

  • बुधवार, भाद्र २२ २०७९

  • 1.2K
    SHARES

  • सन्दीपको समाचार जब उनका बुवाले हेरे...

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेमाथि एक १७ वर्षीया किशोरीले जबरजस्ती करणीमा जाहेरी दिइन् । मंगलबार बेलुकीबाट यो समाचार भाइरल भयो । अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएका सन्दीपबारे यस्तो समाचार आउँदा परिवारका सदस्यमा पहिरो गएजस्तै भयो । सन्दीपका बुवा छाँगाबाट खसेजस्तै बने ।

    बुधबार बिहानमात्रै सन्दीपका बुवाआमाले छोराको खबर थाहा पाए । सन्दीपका बुवा चन्द्रनारायण टेलिभिजनमा समाचार हेरेर छोराको खबर थाहा पाएको बताउँछन् । यो समाचार उनीहरुको जीवनमा कुनै ठूलो पहिरोभन्दा कम थिएन ।

    सन्दीपको चालचलनबारे यसअघिसम्म कहिल्यै नराम्रो कुरा नसुनेको र नदेखेको उनी बताउँछन् । उनको भनाइमा एउटा छोराको रुपमा सबै कर्तव्य र जिम्मेवारी सन्दीपले निर्वाह गरिरहेका छन् । त्यसो त केही वर्षदेखि सन्दीप क्रिकेट खेल्न प्रायः देश बाहिरै हुने भएकाले छोरासँग बस्ने मौका उनीहरुले कमै पाए ।

    अहिलेको घटनाका विषयमा सन्दीपले केही पनि सेयर नगरेको उनको भनाइ छ । त्यसो त बाहिर आएको घटनामा उनलाई विश्वास लागिरहेको छैन । छोरालाई फसाउन षड्यन्त्र गरिएको हो कि भन्ने उनको आशंका छ ।

    चन्द्रनारायण भन्छन्, ‘हुन त आफ्नो छोरा सबैलाई राम्रो लाग्छ । तर, बन्द प्रशिक्षणमा भएको वेला यो घटना भएको भनिएकाले पत्याउन सकिरहेको छैन । बन्द प्रशिक्षणमा भएको मान्छेले कसरी त्यस्तो ग¥या होला ?’

    सन्दीप सन् २०१३ बाट काठमाडौंमा एक्लै बस्न थालेका हुन् । उनले काठमाडौंमा घर किनेपछि केही समय बुवाआमालाई सँगै राखेका थिए । तर, आफू बिरामी परेपछि काठमाडौं बस्न नसकेको चन्द्रनारायणले बताए । बुवाआमा चितवन फर्किएपछि सन्दीपले आफ्नो बुढानिलकण्ठमा रहेको घर बेचेर हात्तीवनमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।


    बुधवार, भाद्र २२ २०७९०१:५९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij